हतियार अमेरिकाको, रेल चीनको

हतियार अमेरिकाको, रेल चीनको

इजरायललाई अमेरिका र पश्चिमा देशले आर्थिकदेखि सामरिक सहयोग पुर्याउँदै आएका छन् । लेबनानसँग जोडिएको सिमाना र लेबनानीमाथि सँधै अमेरिकी हतियारबाट सुसज्जित सेनाले गोलाबारुद बर्साउने गर्छन् ।

तर, हालै तेल अभिभ शहरमा मेट्रो रेल चिनियाँ कम्पनीले बनाएको हो । गत बिहीबारदेखि परीक्षणको लागि जुटेको निर्माण कम्पनीले बेलैमा काम सकाए आगामी वर्ष २०२२ मा उक्त रेल सञ्चालनमा आउने बताइएको छ ।

रेड लाइन नामाकरण गरिएको उक्त रेल मार्ग साढे २३ किलोमिटर लामो छ । उक्त लाइनले पाँच वटा शहरलाई जोड्ने छ । त्यसैगरी तेल अभिभ शहरको सबैभन्दा घना आवादी भएको क्षेत्रमा समेत चिनियाँ रेल कुद्ने छ । यसले त्यहाँका नागरिकलाई निकै सुविधा हुने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

भिडियो स्रोतः सिन्ह्वा

टिप्पणीहरू