स्वास्थ्यका उमेशको मन्त्रीमा प्रमोसन पक्का

स्वास्थ्यका उमेशको मन्त्रीमा प्रमोसन पक्का

अब मन्त्रिपरिषद विस्तार वा पुनर्गठन हुँदा स्वास्थ्य राज्यमन्त्री रहेका शिक्षा व्यापारी उमेश श्रेष्ठको बढुवा हुने पक्का भएको छ ।

धेरै काङग्रेस नेताहरुले थाहा पत्तोसम्म नपाई अपर्झट स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका उनलाई क्याबिनेट मन्त्री बनाउने सहमति भएको श्रेष्ठ निकट श्रोतले बताएको छ ।

भोजपुरका श्रेष्ठ पछिल्लो समय प्रथम महिला आरजु देउवाका व्यापारिक साझेदारसमेत हुन् । हालसम्म अविवाहित श्रेष्ठका थुप्रै विध्यालय,कलेज,होटेल र अस्पताल सन्चालनमा रहेका छन् । श्रेष्ठको उर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मासँग पनि राम्रो सम्वन्ध रहेको छ ।

टिप्पणीहरू