द्वन्द्वग्रस्त अफगानिस्तानमा ४० वर्षदेखि चीनको धरोहर

द्वन्द्वग्रस्त अफगानिस्तानमा ४० वर्षदेखि चीनको धरोहर

मुलुक फेरि आन्तरिक राजनीतिक अस्थिरताको भुमरीमा परे पनि छिमेकी मित्रराष्ट्रले बनाइदिएको अस्पतालको कारण अफगान नागरिकले राहत महसुस गरेका छन् ।

चीनले चार दशकअघि बनाइदिएको अस्पताल अफगानिस्तानको यसअघिको गृहयुध्द र पछिल्लो तनावग्रस्त राजनीतिक अवस्थामा समेत सर्वसाधारण र बिरामीको निम्ति धरोहर बनेर उभिएको छ ।

४० वर्षअघि चीनले उपहारस्वरुप बनाइदिएको कान्दाहार प्रान्तस्थित मिरवाइज क्षेत्रीय अस्पतालले त्यहाँका जनतालाई आजसम्म अटुट सेवा र राहत दिएको हो ।

अफगानिस्तानका तत्कालीन राजा मिरवाइज खानको नाममा बनाइएको उक्त अस्पताललाई पस्तु भाषामा चिनायानो सफाखाना अर्थात चिनियाँ अस्पताल भन्ने गरिएको छ ।

अस्पतालमा शल्यक्रिया,मुटुरोग, न्युरोलोजी,चर्मरोग,स्त्रीरोग,प्रसुती र बाल रोग लगायतका विभाग तथा ६ सय २० बेड छन् । उक्त अस्पताल देशको दक्षिणी क्षेत्रका जनताको निम्ति प्रमुख स्वास्थ्य केन्द्र बन्दै आएको छ ।

तुलनात्मक रुपमा आधुनिक शल्य उपकरण र चिकित्सक रहेका कारण त्यहाँ कान्दाहार र छिमेकी प्रान्तहरुबाट समेत बिरामीहरु आउने गरेको सिन्ह्वाले जनाएको छ ।

भिडियो स्रोत : सिन्ह्वा

टिप्पणीहरू