आजदेखि यात्रु बोकेर जता जान पनि छुट
यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारीको लागि रुट परमिट खुला गरेको छ । दशैंलाई लक्षित गरेर विभागले रुट परमिट खोलेको हो ।
उपत्यका बाहिर जाने र आउने यात्रुलाई सहज बनाउन रुट परमिट खुला गरेको विभागले जनाएको छ । परमिट खुला भएसंगै उपत्यकामा सञ्चालित सवारीहरु जहाँ पनि जान पाउनेछन् । त्यस्तै,उपत्यकाबाहिर जानको लागि पनि पटके काट्न नपर्ने भएको छ ।
दशैंमा अधिकांश सर्वसाधारण घर जाने र उपत्यका बाहिर जाने गाडीले मात्र यात्रुको चाप नधान्ने भएकाले रुट परमिट खुला गरिएको हो । यो व्यवस्था उपत्यकामा मात्र नभई विभागले देशभर लागू भएको छ ।
टिप्पणीहरू