लाइसेन्स रिट्रायलको राजश्व लिने काम बन्द

लाइसेन्स रिट्रायलको राजश्व लिने काम बन्द

यातायात व्यवस्था कार्यालय, बागमती प्रदेशले आजदेखि रिट्रायल सेवा स्थगित गरेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै दशैभर कार्यालय बन्द रहने भएकाले रिट्रायलको राजश्व बुझ्ने कार्य बन्द गरेको जनाएको हो ।

त्यस्तै, आजदेखि बन्द गरिएको राजश्व लिने कार्य कात्तिक ११ गतेबाट सुचारु हुने बताइएको छ ।

टिप्पणीहरू