गुल्मीमा छोराले जेठी आमा मारे

गुल्मीमा छोराले जेठी आमा मारे

गुल्मीमा एक युवकले आफ्नी जेठी आमा मारेका छन् । जेठी आमाको हत्या गरेको अभियोगमा ती युवक पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१३ दुबिचौरका ६० वर्षीया पार्वती बिकको हत्या गरेको अभियोगमा २५ वर्षीय प्रकाश बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

सामान्य विवादका कारण प्रकाशले नाताले जेठी आमा पार्वतीलाई लाठी प्रहार गरेर मरणासन्न बनाएका थिए । सिकिस्त घाइते उनको उपचारको क्रममा जिल्ला अस्पताल,तम्घासमा मृत्यु भएको हो ।

टिप्पणीहरू