दशैं बिदामा भारतीयसहित बिदेशी कूटनीतिज्ञहरुको तीब्र दौडधुप
दशैंको बिदामा पनि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र खुफिया एजेन्सीका नेपाल प्रमुख राघवप्रसाद भट्नागर नेपाली नेताहरुसँग भेटघाटमा व्यस्त देखिनुभएको छ । शुभकामना व्यक्त गर्ने नाममा भएको भेटघाटलाई अर्थपूर्ण मानिएको छ ।
राजदूत क्वात्राले एक महिनाभन्दा बढी नेपाल बाहिर बसेर फर्केपछि राजनीतिक भेटघाटलाई तीब्र बनाउनुभएको हो । उच्च स्रोतका अनुसार यसबीचमा केही भेटघाट लैनचौर बाहिर,केही दूतावासमै र केही राजनीतिक दलका नेताको निवासमा भएको हो । कतिपय भेटघाट क्वात्रा र भट्नागरले संयुक्त रुपमा समेत गरेको बताइन्छ ।
यसबीचको उच्चस्तरीय भेटघाट मुख्यगरी बाल्कोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छ । परराष्ट्र मन्त्रालयमा मन्त्री नारायण खड्कालाई पनि भेटिएको छ । भैंसेपाटी निवासमा एमाले उपमहासचिव विष्णु पौडेल र नयाँ पार्टी खोल्ने तरखरमा रहनुभएका ओली सरकारका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसँग यसै साता भेटवार्ता चलेको परराष्ट्र मन्त्रालय श्रोत बताउँछ ।
सँगसँगै जसो केही वरिष्ठ र चर्चित भनिएका सञ्चारकर्मीहरुसँग समेत राजदूत र खुफिया एजेन्सीका प्रमुखले भेट्नुभएको छ ।
यसवीच चिनियाँ राजदूतले माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र फ्रान्सेली राजदूतले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसङ्ग भेट्नुभएको समेत परराष्ट्रको शिष्टाचार महापालनिकट श्रोतले बताएको छ ।
टिप्पणीहरू