केपी ओली एकाएक काभ्रेको कुशादेवीमा

केपी ओली एकाएक काभ्रेको कुशादेवीमा

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापाबाट फर्केर आज एकाएक काभ्रेको कुशादेवी पुग्नुभएको छ । उहाँ सूर्यविनायकबाट रानीकोट हुँदै साँझपख त्यहाँ पुग्नुभएको हो ।

दशैंको लागि केही दिनअघि झापा पुग्नुभएका ओली आज अपरान्ह पनौती नगरपालिकाको वडा नम्बर १, २ र ३ का साथै र्याले कुशादेवीमा अकस्मात पुग्नुभएको हो ।

कुनै औपचारिक कार्यक्रम नभए पनि उहाँ एमालेको स्थानीय पार्टी कार्यालय अघिल्तिर केही बेर उभिनुभएको थियो । त्यसबखत केही कार्यकर्ताले उहाँसँग फोटो खिचाएका थिए ।

टिप्पणीहरू