‘बा’ संस्कृतिविरुध्द एमाले कार्यकर्ताको १५ दिने बिद्रोह
‘बा”,”आमा” औपचारिक नाता हुन् । बा उच्च आदरार्थी शब्द पनि हाे । ओली मेरा औपचारिक बा हैनन् । यस्ताे उट्पट्याङ र प्रहसनमय कुरा गरेर जग हँसाउने काम नगर । एउटा महामूर्खले त बा नभन्ने एमाले हुनै सक्दैनन् भनेर पाे दलिल पेश गर्यो । म ओलीलाई मरेकाट्टे बा भन्दिन’- एकजना एमाले कार्यकर्ताले फेसबुकमा स्टाटस लेखे ।
भोलिपल्टै अर्को स्टाटस आयो – “मैले ओलीलाई “बा” भन्दिन !!’ त्यहि स्टाटसमा उनले थप जिकिर गरे, ‘गाेकुल,महेश,सूर्यहरुले “बा” भनेपछि उनीहरुकाे सिकाे गरेर ओलीलाई लहलहैमा “बा” भन्न थालिएकाे हाे । “बा” आमाको पति हाे । “बा” कमन शब्द हैन, ओलीलाई “बा” भन्नेले एकपटक आमासंग “बा” भन्न हुने कि नहुने भनेर साेध्नुपर्छ ।’
“बा” आमाको पति हाे । “बा” कमन शब्द हैन, ओलीलाई “बा” भन्नेले एकपटक आमासंग “बा” भन्न हुने कि नहुने भनेर साेध्नुपर्छ ।’
ऋषि आजाद नामको फेसबुकमा लगातार आइरहेका यस्ता स्टाटस लेख्ने व्यक्ति अरु कोही नभएर एमाले उपमहासचिवद्वय बिष्णु पौडेल र घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीका पुराना एमाले कार्यकर्ता हुन् ।
कम्युनिष्ट पार्टीमा नेतालाई ‘बा’ को हैसियतमा राखेर सांस्कृतिक विचलन निम्त्याइएको भन्दै आजादको टोलीले ‘बा’ संस्कृति विरुध्द अभियान नै छेडेको छ ।
‘याे साँस्कृतिक विचलन हाे । याे उट्पट्याङ् र उपद्राे हाे । यस शब्दले ओलीको ओजस्वी व्यक्तित्वलाई क्षय गर्छ ।
‘याे साँस्कृतिक विचलन हाे । याे उट्पट्याङ् र उपद्राे हाे । यस शब्दले ओलीको ओजस्वी व्यक्तित्वलाई क्षय गर्छ । म त ओलीलाई “बा” भन्नै सक्दिन । भन्दै भन्दिन । याे आमामाथिकाे सरासर अपमान हाे’, पत्रकारसमेत रहेका आजादले लेखेका छन् ।
पूर्णकालीन नभएपनि आजाद एमालेका पुराना कार्यकर्ता हुन् । लुम्बिनी प्रदेश वाङ्मय प्रतिष्ठानको महासचिवसमेत रहेका उनी ०३७ सालदेखि माले राजनीतिमा संलग्न छन् । पछिल्लो समय एमालेमा अध्यक्ष केपी ओलीलाई कमरेडबाट बा को ठाउँमा पुर्याएर जनवादी संस्कृतिमाथि प्रहार गरिएको उनको निष्कर्ष छ ।
व्यक्तिगत रुपमा त केपी ओलीप्रति मेरो अगाध सम्मान छ । तर, उहाँलाई बा हैन कमरेडको रुपमा सम्मान गर्नुपर्छ ।’
त्यसैले एमालेका दुई केन्द्रीय सदस्यसमेतको एउटा टीमले दैनिक सामाजिक सञ्जालमा बा संस्कृतिविरुध्द लेख्ने १५ दिनको अभियान शुरु गरेको उनले सुनाए । त्यहि अभियानका दौरान उनले आफ्नो फेसबुकमा लगातार जनवादी संस्कृतिको पक्षमा लेखेर बहस खुला गरेका हुन् ।
उनका अनुसार हरेक वस्तु र व्यक्तिका चार आयाम हुन्छन् । जसमध्येको एउटा हो,सांस्कृतिक आयाम । जुन अहिले एमालेमा विकृत भैरहेको उनको बुझाइ छ । ओलीलाई ‘बा’ भनेर जयजकार गर्नुलाई उनले राजनीतिक दलालीको संज्ञा पनि दिए ।
“बा” अभियान गाेकुल,परशुराम र महेश धन्दा हाे । हामीलाई स्वीकार्य छैन ।’
उनी भन्छन्, ‘केपीको फोटोमा पूजा गर्ने । बुँख्याचा बनाएर सलाम गर्न लगाउने जुन संस्कृति आयो, त्यसप्रति हाम्रो चिन्ता हो । व्यक्तिगत रुपमा त केपी ओलीप्रति मेरो अगाध सम्मान छ । तर, उहाँलाई बा हैन कमरेडको रुपमा सम्मान गर्नुपर्छ ।’
उनले आफ्नो अभियानबारे थप प्रष्ट पार्दै भने, ‘वामपन्थी शक्तिलाई जनपक्षीय बनाउन ‘बा’ संस्कृतिको जरा काट्नुपर्छ ।’ एमालेमा मौलाइरहेको ‘बा’ संस्कृतिकै कारण तीन वर्षअघि पार्टी छोडेर बसेका उनी आलोचनात्मक भएकै कारण राजनीतिको कक्षा उक्लन नसकिएको बताउँछन् । तर, उनलाई त्यसप्रति कुनै गुनासो छैन । भन्छन्, ‘अहिले पनि एमालेको सदस्य हुँ,तर सक्रिय राजनीतिमा छैन ।’
उनकाे टावर पर्सनालिटी आफैंमा पर्याप्त छ । उनी एमालेका सर्वाेच्च नेता हुन् । हामी महेशका उटपट्याङमा नफसाैं’,
रमाइलो कुरा चैं, ‘बा’ संस्कृतिविरुद्ध अभियान छेडेका आजादको सिङ्गै परिवार पत्रकारितामा जमेको छ र सबै एमालेनिकट प्रेस चौतारीमा आवध्द रहेका छन् । ‘म,छोरी, छोरा र बुहारी अहिले पनि प्रेस चौतारीमा छौँ । मेरो असन्तुष्टि अरु केही होइन,मात्र नेकपा एमालेलाई सही ट्रयाकमा ल्याउनु र जनवादी संस्कृतिलाई जोगाउनु हो । व्यक्तिप्रति कुनै गुनासो छैन र हुनु पनि हुँदैन । ‘
त्यसो त, एमाले प्रवक्ता प्रदीप ज्ञवाली र उपमहासचिव विष्णु पौडेलसँग व्यक्तिगत सम्बन्ध पनि राम्रो रहेको उनको भनाइ छ । तर, व्यक्तिगत सम्बन्ध र राजनीतिलाई फरक रुपमा हेरेर धारणा बनाउनुपर्ने उनको मत छ ।
नेपालमा कुन पार्टीको नेता हो भनेर सोध्ने गरिएकोमा उनले गज्जबको तर्क गरे, ‘पार्टी कुन हो भन्ने नसोधौं,बिचार के हो भन्ने सोधौँ । इमानबाट स्वार्थमा गएपछि राजनीति बिग्रन्छ । मेरो चिन्ता त्यहाँ हो ।’
उनले फेसबुकमा थप लेखेका छन्, “बा” अभियान गाेकुल,परशुराम र महेश धन्दा हाे । हामीलाई स्वीकार्य छैन ।’
ओलीको पर्सनालिटीको आफू प्रशंसक रहेको भन्दै आजादले ‘बा’ का रुपमा प्रचार गरेर अग्लिएको व्यक्तित्व कमजोर नबनाउन आग्रह पनि गरेका छन् । “बा” भनेर, बैठकमा फाेटाे टाँसेर,अधिवेशनमा बुँख्याचा खडा गरेर ओलीको व्यक्तित्व बढ्दैन । याे उट्पट्याङ काम हाे ।
ओली हाम्रा महान नेता हुन् । उनकाे टावर पर्सनालिटी आफैंमा पर्याप्त छ । उनी एमालेका सर्वाेच्च नेता हुन् । हामी महेशका उटपट्याङमा नफसाैं’,उनले लेखेका छन् ।
‘एमालेले अखिलका नेता-कार्यकर्ताहरुलाई के सिकाउँदै छ ? उनको प्रश्न छ,’आई लभ यू केपी बा’ लेखिएको प्लेकार्ड समातेर भर्खरै कलेज छिरेका युवाहरुलाई कस्तो संस्कृति सिकाइँदैछ ?’ त्यसैले ‘बा’ संस्कृति विरुध्दको अभियानको आवश्यकता महसुस भएको उनको भनाइ छ ।
टिप्पणीहरू