बाढी पहिरोवारे बोल्यो मानवअधिकार
तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट प्रभावितहरुको खोज,उद्धार, उपचार, मनोसामाजिक परामर्श र पुनर्स्थापनालाई तीब्रता दिन राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै सो विषयमा सरकारको ध्यानाकर्षण गराएको हो । उसले मानवअधिकारका अन्तर्राष्ट्रिय मापदण्डहरुले निर्दिष्ट गरेअनुरुप व्यक्तिको जीऊ धनको सुरक्षा गर्न भनेको छ ।
विज्ञप्तिमा,‘आधारभूत आवश्यकताको परिपूर्तिलगायत विपद्को अवस्थामा आवश्यक अन्य मानवअधिकारको सुनिश्चितता गर्न पनि संघ, प्रदेश तथा स्थानीय सरकारलाई अनुरोध छ ।’भनिएको छ ।
[pdf-embedder url=”https://appharuspace.fra1.digitaloceanspaces.com/appharuspace/janaaastha/uploads/2021/10/20165239/NHRCNepal_PressRelease_2078-07-0031.pdf”]
टिप्पणीहरू