बिरोध स्वास्थ्यका यस्ता यस्ता बेथिति मिलाउँदै

बिरोध स्वास्थ्यका यस्ता यस्ता बेथिति मिलाउँदै

शेरबहादुर देउवाले मन्त्रालय सम्हाल्दाको को कमजोरीलाई स्वास्थ्यमन्त्री विरोध खतिवडाले उल्टाउन थाल्नुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सरुवामा आरजू देउवा हावी हुँदा उहाँकै जोडबलमा घर जान तीन महिना मात्र बाँकी भएका जुनियर कर्मचारी डा. आरपी बिच्छालाई स्वास्थ्य सेवा विभागको डिजी बनाएर पठाइएकोमा उक्त निर्णयलाई स्वास्थ्यमन्त्री खतिवडाले करेक्सन गर्नुभएको हो ।

अस्ति शुक्रवारबाटै ६० बर्षे उमेर हद लागेर अवकाशमा गएका डा. बिच्छाको ठाउँमा डा.दीपेन्द्ररमण सिंहलाई खटाउने निर्णय भएको छ ।

त्यहाँ डा.दीपेन्द्ररमण सिंहलाई पठाउने गरी अस्ति नै टिप्पणी उठाइसकिएको छ । सम्भवत: सिंहलाई आजै त्यहाँ खटाइने मन्त्रालयको तयारी छ ।

बिच्छा कान्ति बाल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टको रुपमा कार्यरत थिए । स्वास्थ्य मन्त्रालय समेतको जिम्मेवारी देउवाको काँधमा हुँदा १२ औं तहका कर्मचारीलाई हटाएर ११ औं तहका बिच्छालाई खटाइएको थियो ।

बिच्छा परिवार स्वास्थ्य महाशाखाको प्रमुख हुँदा कर्मचारीको भ्रमणदेखि विभिन्न भत्ता भुक्तानीमा घुुस मागेपछि कार्यालय सहयोगीदेखि चिकित्सकसम्मको उजुरीका आधारमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाले हटाएका कर्मचारी हुन् ।

“उमेर हद लागेर घर जान लाग्दासमेत क्याबिनेटबाट अरु दुई बर्ष समय थपेर पुन. महानिर्देशक बनाइएकोमा सो निर्णयलाई शुक्रवारै उल्टाउने प्रक्रिया अघि बढेको स्रोतको दावा छ ।”

तिनै बिच्छा उमेर हद लागेर घर जान लाग्दासमेत क्याबिनेटबाट अरु दुई बर्ष समय थपेर उनलाई पुन. महानिर्देशक बनाइएकोमा सो निर्णयलाई शुक्रवारै उल्टाउने प्रक्रिया अघि बढेको स्रोतको दावा छ ।

स्वास्थ्य मन्त्री निकट स्रोतले जनआस्थालाई दिएको जानकारी अनुसार,त्यहाँ डा.दीपेन्द्ररमण सिंहलाई पठाउने गरी अस्ति नै टिप्पणी उठाइसकिएको छ ।

सम्भवत: सिंहलाई आजै त्यहाँ खटाइने मन्त्रालयको तयारी छ । यसअघि सिंहले १३ महिना विभाग चलाइसकेका थिए तर स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उनलाई हटाएर महानिर्देशकमा डा. आरपी बिच्छालाई पठाए भने ६० बर्ष उमेर हद लागेर घर जान लाग्दा समेत क्याबिनेटबाटै अरु दुई बर्ष समय थपिदिए ।

टिप्पणीहरू