प्रधानन्यायाधीशले राजीनामा दिए न्यायपालिकामा थप संकट हुने

प्रधानन्यायाधीशले राजीनामा दिए न्यायपालिकामा थप संकट हुने

न्यायालयको विवादले समाज र पेशालाई पक्ष विपक्षमा बाँड्दै जाँदा गैरसंवैधानिक तरिकाले प्रधानन्यायाधीशको राजीनामा माग गरिएको भन्दै नेपाल संवैधानिक फोरमले सबैको ध्यानाकर्षण भएको जनाएको छ ।

संविधान,ऐन,कानुन तथा विधिको वकालत गर्नेहरुले नै प्रधानन्यायाधीशको राजीनामा माग्नुलाई फोरमले गैरसंवैधानिक माग भनेको छ । उसले केही दिनदेखि स्वतन्त्र न्यायपालिकाको मर्म र न्यायपालिकामाथिको जनआस्था धुमिल हुने काम भएकाले ध्यानाकर्षण भएको जनाउँदै आज विज्ञप्ति जारी गरेको हो ।प्रधानन्यायाधीशले राजीनामा दिएमा न्यायपालिकामा थप संकट उत्पन्न हुनुको साथै न्यायालयलाई अस्थिर बनाउन चाहनेहरु बलियो हुने फोरमका अध्यक्ष अर्जुनकुमार अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा ठहर गरिएको छ ।

अहिलेको कठिन अवस्थामा साथ दिन उसले सबैमा आग्रह गरेको छ । गैरसंवैधानिक बाटोबाट प्रधानन्यायाधीशको पद रिक्त भएमा नेपालको न्यायिक इतिहासमै दुःखद घटना हुने भएकाले फोरमले सबैलाई एकसाथ उभिनसमेत अनुरोध गरेको छ ।

टिप्पणीहरू