भाइटीकामा पारसकी बहिनीको निधार रित्तो, धीरेन्द्रका छोरीसँग लगाए टीका
भाइटीकामा पूर्वयुवराज पारस शाहले कान्छा काका स्वर्गीय धीरेन्द्रका छोरीहरुबाट टीका लगाएका छन् । आफ्नै बहिनी प्रेरणासँग भने टीका नलगाएको बुझिएको छ । तिहारको छेकोमा सार्वजनिक भएको एउटा फोटोमा प्रेरणाको निधार खाली देखिन्छ भने उनको पोशाकबाट समेत टीका कार्यक्रममा सहभागी नभएको स्पष्ट हुन्छ ।
केही समयअघि आफ्ना मातापितासँगै कोरोना संक्रमण भएपछि उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भएको थियो । तर,अहिले ठीक भएर पनि दाजु पारसलाई भाइटीका नलगाउँदा धेरैले अचम्म मानेका छन् । धीरेन्द्रका जेठी छोरी पूजा शाही र कान्छी दिलाशाले पारसलाई टीका लगाइदिएका थिए । तर माइली सिताष्माले भने श्रीमान् अबिनेश शाह बितेका कारण टीका लगाइनन् ।
कसै कसैले भने प्रेरणाले कुनै कार्य कारणबस टीका छेकिएकाले दाजुलाई टीका नलगाएको हुनसक्ने अड्कल लगाएका छन् । यता, पिता तथा पूर्वराजा ज्ञानेन्द्रले भने बहिनी शोभा शाहीसँग कमलादीस्थित शाहीको घरमा गएर टीका लगाउनुभएको थियो ।
टिप्पणीहरू