फागुन २१ गतेबाट २० जना सांसद बिदा बस्दै
राष्ट्रिय सभाका २० जना सांसदको चार वर्षको कार्यकाल आगामी फागुन २१ मा सकिँदैछ । चार वर्षे पदावधि सकिएर बिदा हुनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापति त्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङ हुनुहुन्छ ।
जसमा नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली काँग्रेसका तीन सदस्यको फागुन २१ कार्यकाल समाप्त हुन लागेको हो ।
पदावधि समाप्त हुने अन्य सांसदहरुमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, कोमल वली, खीमकुमार विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, दृगनारायण पाण्डे, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दीनानाथ शर्मा, नैनकला ओझा, राधेश्याम अधिकारी, रामलखन चमार, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर हुनुहुन्छ ।
२०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चार वर्षे पदावधि कायम भएका सदस्यको पदावधी सकिन लागेको हो । स्थायी सदन भएकाले राष्ट्रियसभाका एकतिहाई सदस्यको पदावधी प्रत्येक दुई वर्षमा समाप्त हुन्छ ।
राष्ट्रिय सभाको सदस्य हुनको लागि पैंतीस वर्ष उमेर पूरा भएको, नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको हुनुपर्दछ । त्यस्तै, संघीय कानुनले अयोग्य ठहरिएको र कुनै लाभको पदमा बहाल रहेको व्यक्ति पनि राष्ट्रिय सभाको सदस्य बन्न सक्दैन ।
टिप्पणीहरू