रेडियो नेपालले मान्छे माग्यो
रेडियो नेपालमा विभिन्न पदमा स्थायी पदपूर्तिको निम्ति विज्ञापन खुलेको छ । रेडियो नेपालले इञ्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि आज विज्ञापन खुलाएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको रेडियो नेपालले इञ्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, समाचार वाचकलगायत पदमा ३९ जनाको निम्ति कर्मचारी माग गरेको हो ।
आजबाट २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर त्यसपछिको सात दिनभित्र दरखास्त बुझाउन सकिने रेडियो नेपालले जनाएको छ ।
टिप्पणीहरू