काठमाडौंका चार अस्पतालमा कोभिड संक्रमित, कुनमा कति ?
पछिल्लो समय कोरोना महामारीको संक्रमण र मृत्युदर घट्दै गएको देखिएको छ । महामारीको दोस्रो लहरमा हाहाकार मच्चिएको तिनै अस्पतालमध्ये अधिकांश अहिले कोरोना संक्रमितरहित भएका छन् ।
काठमाडौंका कीर्तिपुर मोडर्न अस्पताल, बयोधा अस्पताल, राजधानी अस्पताल, नेशनल अस्पताल, सहीद मेमोरियल अस्पताल, मनमोहन मेमोरियल अस्पताल, यति अस्पताल, ज्योती अस्पताल, बुद्ध माई अस्पताल, र्कीतिपुरको जेष्ठ नागरिकको भवनमा रहेको आइसोलेसन सेन्टर अहिले संक्रमितमुक्त भएका छन् ।
त्यसैगरी र्कीतिपुरको नयाँ बजारस्थित कभर्डहलमा रहेको आइसोलेसन सेन्टर, मनमोहन स्मृति सामुदायिक अस्पताल, चाल्नाखेल स्वस्थ्य चौकी, नागार्जुन नगरपालिकाको इचङ्गुस्थित शहरी विकास भवनको माथिलो तलामा रहेको आइसोलेसन तथा काठमाडौं महानगरपालिका १५ ले तयार पारेको आइसोलेसन सेन्टरमा पनि कोरोनाका बिरामी देखिँदैनन् ।
आज जनआस्थाले खोजेको विरणअनुसार आयुर्वेदिक अस्पताल र्कीर्तिपुरमा सात जना, ब्लुक्रस अस्पतालमा एक जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा १२ जना तथा वीरेन्द्र सैनिक अस्पतालमा १४ जना कोरोनाका बिरामी उपचाररत छन् । ती अस्पतालमा पछिल्लो २४ घण्टामा कसैको पनि कोरोनाबाट निधन नभएको बताइएको छ ।
टिप्पणीहरू