भारतमा ३ जना प्रहरी इन्स्पेक्टर पुरस्कृत
नेपाल प्रहरीका तीन जना इन्स्पेक्टरलाई भारतमा पुरस्कृत गरिएको छ । इन्डियन पुलिस सर्भिस (आईपिएस) को तालिममा उनीहरुले अवार्ड जितेका हुन् ।
भारतको हैदरावादस्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा भएको उक्त तालिममा इन्सपेक्टर सिमोन धितालले ‘द जयपुर कप’ जितेकी हुन् ।
यस्तै अर्का प्रहरी निरीक्षक अनिल थापाले आउटडोरतर्फ ‘द बिएसएफ ट्रफी’ र निरीक्षक किरण रावतले ‘द जयपुर कप’ कपको उपाधि हासिल गरेका छन् ।
आज आयोजित एक समारोहमा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभलले ५० हप्ता लामो तालिममा उत्कृष्ट निरीक्षकहरुलाई अवार्ड प्रदान गरेका हुन् ।
दीक्षान्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री पनि सहभागी हुनुभएको छ । तालिममा नेपाल र भारतसहित भुटान र माल्दिभ्सका प्रहरी अधिकृतको समेत सहभागिता रहेको छ ।
टिप्पणीहरू