क्रमशः घटे कोरोनाका शव
कोभिड संक्रमण त्यो तहमा घटेको छैन, जति मानिसहरू यसलाई हल्का रुपमा लिइरहेका छन् । अहिले पनि पशुपति आर्यघाटमा कोभिड संक्रमणका कारण निधन हुने सरदर दुईदेखि तीन शवको अन्त्येष्टि गरिन्छ ।
कोभिडका कारण दिवंगत भएकाहरूको अन्त्येष्टी विद्युतीय शवदाहगृहमा मात्रै हुन्छ । त्यहाँ कोभिड नभएका मृतकको अन्त्येष्टी गरिँदैथ्यो । अहिले भने विद्युतीयतर्फ माथिल्लो मेसिनमा कोभिड नभएका मृतकको पनि अन्त्येष्टी गर्न थालिएको छ ।
कोभिड भएका मृतकको अन्त्येष्टीका लागि अलग्गै चिता बनाइएको छ । तर, पशुपतिमा कोभिड नभएका मृतकको संख्या त्यति बढेको छैन, दिनमा ३०–४० को सदगत हुने गरेको छ ।
उपत्यकामा पशुपतिबाहेक केही नेवार समुदायले शोभाभगवती, टेकु, भक्तपुरको नयाँ ठिमी, ललितपुरको बागडोलमा पनि मृतकको अन्त्येष्टी गर्ने गरेका छन् ।
अर्कातिर, पशुपतिको शिवलिंगमा जलहरी जडान गरिँदा घोटाला भएको उजुरउपर छानवीन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसको सूची लगेको छ । त्यसमा जोडिएका पदाधिकारी र कर्मचारीले सुन जोख्न अनुरोध गरिरहेका छन् । यदि सुन जोख्दा कम भयो भने मात्रै घाटाला मान्न सरोकारवालाले भनिरहेका छन् ।
एकजना पदाधिकारी भन्छन्, ‘राष्ट्रपतिले अदालतको आदेश आइपुग्नुअगावै हतारहतार उद्घाटन गर्ने कारणले पाता नबनाई जलहरी हालेको हो । सुनमा तलमाथि भएको छैन । बरु, दाताले दिएको ज्यालामा घोटाला भएको हुनसक्छ ।’
टिप्पणीहरू