एकीकृत समाजवादीको धनगढी प्रशिक्षणमा पनि उस्तै खचाखच

एकीकृत समाजवादीको धनगढी प्रशिक्षणमा पनि उस्तै खचाखच

नेकपा एकीकृत समाजवादीले संगठन विस्तार र प्रशिक्षण कार्यक्रमलाई जोडतोडले अघि बढाएको छ । यसबीचमा एमाले र अन्य राजनीतिक दल छाडेर एकीकृत समाजवादीमा समाहित हुनेको संख्या सबैतिर निकै देखिएको हो ।

शुक्रबार चितवनमा भएको प्रशिक्षणमाझैँ धनगढीमा भएको प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा पनि कार्यकर्ताको उत्सुकता र सहभागिता उस्तै देखिएको हो । धनगढीको कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव डा. वेदुराम भुसालको उपस्थिति रहेको थियो ।

चितवनमा पनि अध्यक्ष नेपालसहित उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे सहभागी हुनुभएको थियो ।

टिप्पणीहरू