सांसद जीवनरामलाई अवार्ड
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा संघीय सांसद जिवनराम श्रेष्ठ ओलम्पिक काउन्सिलको अवार्डबाट विभुषित भएका छन् ।
संयुक्त अरब इमिरेट्सको दुबइमा भएको ओलम्पिक काउन्सिल अफ एसियाको ४० औं महासभामा श्रेष्ठलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) मेरिट अवार्ड प्रदान गरिएको हो ।
शुक्रबारदेखि भएको महासभामा श्रेष्ठलाई त्यहाँका युवा तथा खेलकुद मन्त्री र ओसिएका कार्यवाहक अध्यक्ष राजा रणधीर सिंहले उक्त सम्मान प्रदान गरेको बताइएको छ ।
महासभामा नेपालको तर्फबाट श्रेष्ठसँगै ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ सहभागी छन् ।
टिप्पणीहरू