विवाहपञ्चमी अगावै रेल सञ्चालनको माग गर्दै प्रदर्शन

विवाहपञ्चमी अगावै रेल सञ्चालनको माग गर्दै प्रदर्शन

धनुषाको जनकनन्दनी गाउँपालिकास्थित खजुरीमा रेल सञ्चालनको माग गर्दै प्रदर्शन भएको छ । भौतिक पूर्वाधारलगायतका काम सम्पन्न भइसक्दा पनि महिनौंदेखि रेल थन्किएको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।

स्थानीय मनोजकुमार साहको नेतृत्वमा भएको उक्त प्रदर्शनमा विवाहपञ्चमी अघि नै रेल सञ्चालनमा ल्याउन माग गरिएको छ ।भारतीय धार्मिक पर्यटन भित्र्याउन रेल सेवाको मूख्य भूमिका हुने भएकाले रेल सेवा शीघ्र सञ्चालन गर्नुपर्ने उनीहरुको माग छ ।

टिप्पणीहरू