विप्लवका नेता सबै पदबाट बर्खास्त
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरले जिल्ला सदस्य केदार राईलाई पार्टीबाट निकालेको छ । राईले पार्टी हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको सो पार्टीले जनाएको छ ।
इञ्चार्ज विवेक कुमाल र सेक्रेटरी लक्ष्मण पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा कारबाहीबारे जानकारी गराएको छ । विज्ञप्तिमा राईमाथि पार्टीको नीति र अनुशासनविपरीत कार्य गर्नुका साथै आर्थिक अनियमितता गरेको र पार्टीभित्रको गोप्य सूचना चुहाएको आरोप लगाइएको छ ।
‘ उदयपुरका जिल्ला समिति सदस्य केदार राईले पार्टीको नीति र अनुशासन विपरीत काम गर्दै आएको, आर्थिक अनियामितता गरेको र पार्टीभित्रको गोप्य सूचना बाहिर लाने जस्ता गलत क्रियाकलाप गरेको हुँदा बैठकले पटक–पटक त्यस्ता कार्य नगर्न र सच्चिन निर्देशन गर्दासमेत नसच्चिएकाले आजको मितिबाट नेपाल कम्युनिष्ट पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको सबैमा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
टिप्पणीहरू