इजरायलले सीमा बन्द गर्यो

इजरायलले सीमा बन्द गर्यो

कोभिडको नयाँ भेरियन्ट फैलिएको भन्दै इजरायलले आफ्ना सबै सीमा नाका बन्द गर्ने भएको छ । विश्वभर नयाँ भेरियन्टको त्रास बढिरहेका बेला आफ्ना सम्पूर्ण सीमा बन्द गर्ने इजरायल सरकारले बताएको हो । यसरी पछिल्लो दिनमा सीमा बन्द गर्ने इजरायल पहिलो मुलुक बनेको छ ।

त्यहाँ आज मध्यरातबाट लागू हुने गरि दुई सातासम्म सीमा बन्द गर्ने घोषणा गरिएको छ । सो अवधिसम्म कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध कोभिड खोपले काम गर्ने वा नगर्ने बारेमा सुक्ष्म अनुसन्धान गर्ने सरकारले जनाएको छ ।

दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको नयाँ भेरियन्टको उक्त भाइरसलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ भनेर सतर्कता अपनाउन सुझाव दिएको छ ।

टिप्पणीहरू