दलित समुदायलाई निःशुल्क ग्यासचुल्हो सेट

दलित समुदायलाई निःशुल्क ग्यासचुल्हो सेट

महोत्तरीको सीमावर्ती मटिहानी नगरपालिकामा दलित समुदायलाई ग्यासचुल्होको सेट वितरण गरिएको छ । चरम गरिबीमा रहेका १ सय ३३ घर परिवारलाई नगरपालिकाले ग्यासचुल्हो सेट वितरण गरिएको हो ।

नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले लक्षित वर्गका मुसहर, डोम र हलखोर जातिका सबै घर परिवारलाई ग्यासचुल्हो सेट वितरण गर्नुभएको हो । एक अध्ययनअनुसार नेपालमा हरेक वर्ष ४२ हजारबढी मानिसको धुँवा, धुलो र प्रदूषणबाट हुने रोगका कारण ज्यान जाने गरेको छ ।

सबैभन्दा धेरै भान्छाभित्रको धुँवाबाट लाग्ने रोगबाट अधिकांश सीमान्तकृत समूहका नागरिकको ज्यान गएको पाइन्छ । गरिब परिवारको जीवन रक्षाका लागि माटोको चुल्हो विस्थापित गर्दै नगरपालिकाले ग्याससेट वितरण अभियान चलाएको हो ।

टिप्पणीहरू