मध्यरात “सहमति” को नाम वाचन गरे पनि मतदान
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तजबिजमा मध्यरात ३ सय १ सदस्यीय केन्द्रीय कमिटीको नाम पढेर सुनाउनुभयो । प्रतिनिधि हरुले कर्तल ध्वनीका साथ ताली पनि बजाए । तर सँगै मन्चमा रहनुभएका भीम रावलले नेतृत्व चयन प्रक्रियाप्रति तत्काल बिरोध जनाउनुभएको छ ।
ओलीले १९ सदस्यीय पदाधिकारी घोषणा गर्दा रावल र अर्का नेता घनश्याम भुसाललाई हटाइएको छ । पूर्वमाओवादी प्रभु साह पनि त्यसमा अटेका छैनन् । अन्य धेरैले असन्तुष्टि जनाएका छन् ।
ती नामलाई बैधानिकता दिन अब मनोनयन प्रक्रिया शुरु भएको छ । यसले एमाले महाधिवेशनमा चुनावको अवस्था सिर्जना भएको छ । ‘सबैभन्दा ठूलो कुरा, बिरोधीलाई डोजर लगाउने भनिए पनि चुनाव हुने नै भयो,हाम्रो पहिलो र नैतिक विजय त्यही हो,’ रावल समर्थक प्रतिनिधिहरुले भनेका छन् ।
‘रावलले लोभ गरेको भए उपाध्यक्ष एक सिट सजिलै पाउँथे । तर,उनले उपाध्यक्ष चाहिँदैन भनेर हारे पनि अध्यक्षमै टक्कर दिने अाँट देखाए ।’
उनीहरुका अनुसार नेता घनश्यामले साथ छाडेनन् तर १० भाइ भनिएकाहरु ओलीसङ्ग समाहित भएका छन् । अब ओलीले सार्वजनिक गर्नुभएका नामसँग अन्यले भिड्नुपर्ने छ । त्यसमा प्रभु साह पनि देखिएका छन् ।
महेश बस्नेतले समेत सचिव नछाड्ने भएकाले चुनावमा उठ्दैछन् । यो अवस्थाले अब महाधिवेशनमा कम्तिमा तीन प्यानल बन्ने सम्भावना देखिएको छ । एउटा हिजो घोषणा गरिएको सूची,अर्को आफैभित्रको असन्तुष्ट खेमा र तेस्रो भीम रावल निकट समूह ।
हिजो घोषणा गरिएको केन्द्रीय समितिमा रावलनिकट झपट रावल र प्रकाश शाहलाई पनि राखिएको छ । उनीहरु पुरानो केन्द्रीय समितिबाट परेका हुन् ।
ऐनमहरलाई भने छुटाइएको छ ।
महर अखिलका पूर्वअध्यक्ष हुन् । महरको ठाउँमा हालै अखिल अध्यक्ष बनेकी सुनिता बराल सोझै केन्द्रीय सदस्य बनेकी छन् ।
यही मेसोमा कोमल वलीलाई पनि केन्द्रीय समितिमा हालिएको छ । जबकि उनलाई गोदावरीबाट पारित बिधानबमोजिम केन्द्रीय सदस्य बनाउन मिल्दैन । उता दुर्गा प्रसाईं मार्सी पनि बिच्किएका छन् ।
भीम रावलको कारण पार्टीभित्र शुध्दिकरण र लोकतान्त्रिक अभ्यास शुरु भएको रावल निकटहरुले बताएका छन् । रावलको अडानले मनोनयन प्रथालाई चुनौती दिएको उनीहरुको ठम्याइ छ ।
उनीहरुको निचोड छ,‘रावलले लोभ गरेको भए उपाध्यक्ष एक सिट सजिलै पाउँथे । तर,उनले उपाध्यक्ष चाहिँदैन भनेर हारे पनि अध्यक्षमै टक्कर दिने अाँट देखाए ।’
हिजो राति पदाधिकारीको नाम पढेर सुनाउँदा ओलीले सुवास नेम्वाङको नाम उपाध्यक्षमा छुटाउनुभएको थियो । लगत्तै सच्चाएर पछि अन्तिममा राख्नुभएको हो ।
टिप्पणीहरू