महासचिव नजित्दै पार्टी नेतृत्वमा एकाघरका सदस्य प्रस्तावित
गए राति अध्यक्ष केपी शर्मा ओलीले एमालेको आगामी पाँच वर्षे नेतृत्वको निम्ति ३ सय १ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गर्नुभएको छ । त्यसैबाट १९ सदस्यीय पदाधिकारी पनि छनौट गर्नुभएको छ ।
महासचिवमा शंकर पोखरेलको नाम छ । यसअघि नेकपा हुँदाका महासचिव तथा एमाले उपमहासचिव विष्णु पौडेललाई उपाध्यक्षमा उकालेर भए पनि शंकरलाई सुरक्षित व्यवस्थापन गरिएको हो ।
एमाले संस्थापन पक्षले प्रस्ताव गरेको केन्द्रीय समितिमा महासचिवकी पत्नी तथा बहिनी पनि परेका छन् । अध्यक्षले महासचिवकी पत्नी सुजिता शाक्य र बहिनी मेनुका पोखरेललाई केन्द्रीय सदस्य बनाउन नाम प्रस्ताव गर्नुभएको हो ।
एमालेमा लामो समयदेखि भूगोलमा खटिएर पसिना बगाएका महिला नेत्रीहरुको भने केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको छैन । पार्टीको भूगोल जिम्मेवारीमा कुनै जिम्मेवारी वहन नगरेकी पोखरेललाई अन्य नेत्रीहरुको नाम काटेर भए पनि केन्द्रीय सदस्यमा पुर्याउने कोशिस गरिएको आरोप छ । त्यसो त यी दुबै नेत्रीको एमालेमा लामो समयको योगदान छ ।
टिप्पणीहरू