उताबाट यस्तो कुरा आयो

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई एशिया प्रशान्त क्षेत्रमा केन्द्रीय भूमिका खेल्न सल्लाह दिएको बारे नेकपाको स्थायी समिति बैठकलाई ब्रिफ गरिएको छ ।

यो भनेको के हो ? कस्तो र कसरी भूमिका खेल्ने भन्ने कुनै परिभाषा छैन । हामीसँग न पैसा छ, न हतियार छ, न सम्पर्क, सम्बन्ध नै त्यसरी बढाइएको छ । न अरुले टेर्ने स्थिति छ । तैपनि यस्तो सल्लाह आउनुको राज के हो ? के का लागि यस्तो भूमिका खेल्ने भनिएको हो ? अमेरिका आफैँले पनि यो क्षेत्रमा त्यस्तो भूमिका खेल्न सकेको छैन । उसले हामीलाई आगामी सेप्टेम्बरसम्म कार्यान्वयनमा जानुपर्ने गरी मिलेनियम च्यालेञ्ज कर्पोरेशनमार्फत् ६५ अर्ब दिएको थियो । अर्को इण्डो–प्यासिफिक फण्ड पनि छ, ६० करोड डलरको ।

त्यसलाई पनि प्रयोग गर्न सकिने संकेत दिएको छ । तर, ‘त्यसमा यत्रो फण्ड रहेछ, हाम्रो जानकारीमा थिएन र प्रस्ताव लाने योजना पनि बनेन’ भनेर रिपोर्टिङ गर्नुपरेको अवस्था छ । त्यसैले यस्ता कुरामा समाञ्जस्यता र तदारुकता कसरी हुन्छ ? अमेरिकामा यस्तो छलफल भएको कारणले दुबै छिमेकी चीन र भारत झस्किएको बताइन्छ ।

टिप्पणीहरू