एमाले महाधिवेशनमा जाँदा देखिएको गैंडा (भिडियो)
गत साता चितवनमा निकै तामझामका साथ एमालेको १०औं महाधिवेशन सकिएको छ । २१ सय बढी प्रतिनिधिले औपचारिक सहभागिता जनाएका थिए । महाधिवेशनको बन्दसत्रस्थल सौराहामा पर्यवेक्षक,पत्रकार र अन्य गरी झण्डै एक हजार थपिए ।
मंसिर १० गते साँझदेखि १४ गते मंगलबारसम्म उनीहरुले महाधिवेशनको अवलोकनसँगै राष्ट्रिय निकुञ्ज घुमेर आनन्द लिए । दुई दिनसम्म बन्दसत्र ठप्प बनेपछि प्रतिनिधि र पर्यवेक्षकहरु निकुञ्ज सफारीमा हिँडे ।
सोही क्रममा एक जना प्रतिनिधिले खिचेको गैंडाको भिडियो प्रस्तुत छ- यस पटक एमाले महाधिवेशनको प्रतिक चिन्ह (मस्कट) गैंडा नै थियो । महाधिवेशनभर गैंडाले एमालेको झण्डा बोकेको लोगो प्रचार गरिएको थियो । चितवन एक सिंगे गैडाको निम्ति विश्वप्रसिध्द छ ।
टिप्पणीहरू