बालिका बलात्कारी १९ वर्षे किशोरलाई १८ वर्ष कैद

बालिका बलात्कारी १९ वर्षे किशोरलाई १८ वर्ष कैद

संखुवासभामा १३ वर्षकी बालिकालाई बलात्कार गरेको अभियोगमा एक किशोरलाई १८ वर्षको कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालत संखुवासभाले बलात्कार मुद्दामा दोषी ठहर गर्दै खाँदबारी नगरपालिका–९ का १९ वर्षीय समीर बर्देवालाई उक्त सजाय सुनाएको हो ।

सजायसँगै कसुरदारबाट ६ लाख रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश भएको छ । जसमा भनिएको छ, ‘पिडकले पीडित राहत कोषमा २२ सय रुपैयाँ समेत जम्मा गर्नु ।’

बालिकालाई आरोपितले गत वैशाखमा बलात्कार गरेपछि मुद्दा परेको हो ।

टिप्पणीहरू