लागुऔषधसहित ६ जना पक्राउ

लागुऔषधसहित ६ जना पक्राउ

प्रहरीले मोरङ र झापामा छ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उप–महानगरपलिका–१६ का ३२ वर्षीय आशिष विक र ३० वर्षीय सञ्जोग गजमेर रहेका छन् । उनीहरु दुबैलाई प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१५ को १ नम्बर ढाटबाट पक्राउ गरेको हो ।

प्रहरीले हिजो बेलुकी सवा ५ बजेतिर लुपिजेसिक २८, डाइजाल्याब २८, एभिल २८ एम्पुलसमेत बरामद गरेको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको टोलीले पक्रेको हो ।

त्यसैगरी झापाको छुट्टाछुट्टै ठाउँबाट लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्ने इलाम नगरपालिका–१० का ३६ वर्षीय बिराज शिवा हुन् । उनको साथबाट प्रहरीले २ ग्राम ५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । प्रहरी टोलीले हिजो बेलुका ६ बजे बसपार्क एरियाबाट उनलाई पक्राउ गरेको हो ।

यसैगरी बुद्धशान्ति गाउँपालिका–३ बाट लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा संखुवासभा चैनपुर नगारपलिका–११ का ३० वर्षीय दिपक तामाङ, २८ वर्षीय रोशन तामाङ र पाँचथर फिदिम नगारपालिका–४ की १९ वर्षीया संगीता तामाङलाई ब्राउनसुगर ४ ग्राम ३ सय मिलिग्रामसहित पक्राउ गरेको हो । प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । पक्राउ परेका सबैविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू