विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य

विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य

जिल्ला प्रशासन कार्यालय, भक्तपुरले विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ । भक्तपुरले हिजोदेखि विद्युतीय राहदानीको आवेदन संकलन र वितरण थाले पनि त्यसको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभारम्भ गरेसँगै विद्युतीय राहदानीको आवेदन दिने कार्यको थालनी भएको छ । विद्युतीय राहदानीको लागि आवेदन दिने जो कोहीले अनिवार्य राष्ट्रिय परिचयपत्रको नम्बरसहित फारम भर्नुपर्नेछ ।

हाल भक्तपुरका स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन कार्य भइरहेको छ । राष्ट्रिय परिचयपत्रको विवरण भर्न नागरिकतालाई अनिवार्य गरिएको छ ।

विवाहितको हकमा श्रीमान वा श्रीमतीको नागरिकता र विवाह दर्ताको प्रमाणपत्र चाहिन्छ ।

टिप्पणीहरू