इलामको चोर झापामा

इलामको चोर झापामा

प्रहरीले झापामा एक जना मोटरसाइकल चोरलाई समातेको छ । समातिएको चोर इलामको पशुपतिनगर नगरपालिका–३ का २५ वर्षीय पासाङ तामाङ हुन । उनलाई झापाको बुद्धशान्ति गाँउपालिका–३ बुद्धचोकबाट पक्राउ गरिएको हो ।

उनले मंसिर २१ गते राति इलामको रोङ गाँउपालिका–३, कुटिडाँडाका रोहित राईको आँगनबाट मे.९ प ५२१० नम्बरको कालो रङको १५० सिसीको पल्सर मोटरसाइकल चोरेका थिए ।

टिप्पणीहरू