भण्डारीको घरबाट ६ जुवाडे पक्राउ

भण्डारीको घरबाट ६ जुवाडे पक्राउ

दाङमा करिब दुई लाख नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् । घोराही-१३ डुम्मरगाउँस्थित ३२ वर्षीय निमबहादुर भण्डारीको घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा ३२ वर्षीय भण्डारी, रोल्पा माडी गाउँपालिका-४ का ५७ वर्षीय रणे वली, सोही गाउँपालिका-३ का ४० वर्षीय कुलबहादुर खड्का, ३० वर्षीय रामकृष्ण खड्का, ४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका-४ बस्ने ३८ वर्षीय ललित बुढा, रहेका छन् ।

उनीहरुको साथबाट नगद एक लाख ९७ हजार सात सय ५५ रुपैयाँसहित पाँच बुक तास बरामत भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू