गाडी साहुहरुको चुनावमा चौधरी पराजित
अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितिको निम्ति भएको निर्वाचनमा करण चौधरी पराजित भएका छन् । मध्यरातमा घोषणा गरिएको निर्वाचन परिणामअनुसार अध्यक्षमा ध्रुवबहादुर थापाले चौधरीलाई हराएका हुन् ।
थापाले १४ सय १३ मत ल्याएका छन् भने चौधरीले १३ सय ४७ मत पाएका छन् । नाडाको चुनावमा २ हजार ७ सय ८८ मत खसेको थियो ।
१७ जनाको कार्यसमितिमा १२ जना करण चौधरीको प्यानलका र बाँकी थापा प्यानलबाट निर्वाचित भएका छन् । चौधरीको तर्फबाट मिलनबाबु मल्ल,अनुपकुमार बराल,राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल र अभिक ज्योतिले जितेका हुन् ।
त्यसैगरी प्रकाश कपुरी, विक्रम सिंघानिया, निलमणि पाठक, बरदान बस्नेत, पंकज अग्रवाल पनि चौधरीको प्यानलको उम्मेदवार भएर निर्वाचनमा विजयी भएका छन् ।
थापा समूहको तर्फबाट भने निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र आकाश गोल्छाले जीत हात पारेका छन् ।

टिप्पणीहरू