अब रसियन एके २०३ राइफल भारतमै बन्ने

अब रसियन एके २०३ राइफल भारतमै बन्ने

विश्वप्रसिध्द रसियन एके-47 सिरिजको पछिल्लो सँस्करण २०३ राइफल अब भारतमै बन्ने भएको छ । रुसको सहयोगमा भारतले ती राइफल स्वदेशमै बनाउने तयारी थालेको हो ।

रुसी–भारतीय संयुक्त कम्पनी इण्डो–रसियन राइफल्स प्राइभेट लिमिटेड र भारतको रक्षा मन्त्रालयबीच नयाँ दिल्लीमा भएको सम्झौतापछि एके–२०३ असल्ट राइफलको उत्पादन भारतमा हुने बाटो खुलेको हो ।

भारतका रक्षामन्त्री राजनाथ सिंह र उनका रुसी समकक्षी सेर्गेई सोइगुको उपस्थितिमा उक्त सम्झौता भएको हो । एके 47 सजिलो र प्रभावकारी हतियार हो,जुन नेपाली सेनासङ्ग छैन तर जनयुद्धताका माओवादीले प्रयोग गर्थ्यो ।

टिप्पणीहरू