भारतले हिमाली सडकमा पनि दस्तुर उठाउने

भारतले हिमाली सडकमा पनि दस्तुर उठाउने

भारतले चीन र पाकिस्तानसँग सीमाना जोडिएका हिमाली भेगमा चल्ने सडक यातायातमा पनि विशेष दस्तुर उठाउने भएको छ ।

भारतको बोर्डर रोड्स अर्गनाइजेसन (बीआओ) ले ती क्षेत्रका हिमाली राज्यहरूमा निर्माण गरिने राजमार्गहरुमा गुड्ने सवारी साधनहरुबाट टोल (शुल्क) उठाउने योजना बनाएको हो ।

रक्षा मन्त्रालयअन्तर्गतको एजेन्सीले लद्दाखमा ९ सय ४१ किलोमिटरको दूरी समेट्ने चार वटा त्यस्ता मार्गहरुमा दस्तुर उठाउने योजना बनाएको हो ।

हाललाई लेह–श्रीनगर राजमार्गसहित लेहको नुब्रा उपत्यकाको चालुन्कासँग जोडिएको भागमा गुड्ने सवारी साधनमा शुल्क लगाउन लागिएको हो । ती क्षेत्रको पश्चिममा पाकिस्तानको चोरबाट र उत्तरमा चीनको सियाचेन पर्छ ।

टिप्पणीहरू