प्रचण्ड भर्खर भृकुटीमण्डप पुग्नुभो
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनलाई शुभकामना दिन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्खरै भृकुटीमण्डप पुग्नुभएको छ ।
अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नमस्कार गर्दै मञ्चमा स्वागत गर्नुभएको छ । मञ्चमा उक्लेर हात हल्लाउँदै अभिवादन गर्नुभएका प्रचण्डलाई कांग्रेस कार्यकर्ताले हुटिङ गरेर स्वागत गरेका छन् ।
महाधिवेशनमा शुभकामना दिन स्वदेशी तथा विदेशी नेताहरु जाने क्रम जारी छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर,राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन मञ्चमा पुगिसक्नु भएको छ ।
त्यस्तै,भारतीय कांग्रेस,बिजेपीका नेताहरु शुभकामना दिन पुगिसकेका छन् । प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओली भने अहिलेसम्म महाधिवेशनस्थलमा देखिनुभएको छैन ।
टिप्पणीहरू