मर्न मन लागे यो भाँडोमा बसौं, ३० सेकेण्डमा चट्
मानिसले कुनै पीडा महसुस नगरी सहजसँग मर्न पाइने भाँडो बनेको छ । अस्ट्रेलियाको एउटा कम्पनीले बनाएको थ्री डी प्रिन्टेड पडले मानिसलाई बिनापीडा मृत्युवरण गर्न सहयोग पुर्याउने बताइएको छ ।
मर्ने भाँडो अष्ट्रेलियामा बनाइए पनि मर्न सजिलैसँग चाहिँ स्वीट्जरल्याण्डका नागरिकले पाउने भएका छन् ।
मानिसलाई स्वेच्छिक मृत्युवरणमा सहयोग पुर्याउन त्यहाँको एउटा एनजीओले उक्त पड (भाँडो) बनाएको हो । एक्जिट इन्टरनेशलनले बनाएको उक्त भाँडोलाई ‘सार्को’ नाम दिइएको छ ।
स्वेच्छिक मृत्युवरण गर्नेलाई स्वीट्जरल्यान्डमा पेन्टोबारबिटल दिने गरिएको छ । जुन एक प्रकारको इन्जेक्सन हो । त्यसले मानिसलाई सहजसँग स्वेच्छिक मृत्युवरण गर्न सहयोग पुर्याउँछ । तर त्योभन्दा पनि सरलसँग मानिसको मृत्यु होओस् भन्दै अष्ट्रेलियाको एक्जिट इन्टरनेसनलले उक्त पडको निर्माण गरेको हो ।
उक्त इन्टरनेसनलका संस्थापक फिलिपले दिएको जानकारीअनुसार मृत्युवरण गर्न चाहनेलाई पडभित्र राखेपछि उसको शरिरबाट अक्सिजनको तह बिस्तारै घट्छ । अक्सिजनलाई एक प्रतिशतमा सीमित गराएपछि नाइट्रोजनको मात्रा बढाइन्छ । त्यो सबै प्रक्रिया ३० सेकेन्डमा पूरा हुन्छ । त्यसैले अचेत हुनुअघि नै भाँडोमा बसेको व्यक्ति बोल्न असमर्थ हुन्छ । यो सबै काम सम्बन्धित व्यक्तिले उक्त भाँडोभित्र बसेर आफैँले स्वीच थिचेर गर्न मिल्छ ।
उता स्वीस इन्फोले पनि स्वीट्जल्याण्डले उक्त प्रविधिलाई स्वीकृति दिइसकेकाले आगामी वर्षदेखि स्वीट्जरल्यान्डमा सञ्चालनमा आउने जनाएको छ । कुनैपनि दीर्घ रोग लागेका वा असम्भव उपचार भनिएका बिरामीको छ महिनाभित्र मृत्यु हुनसक्ने चिकित्सकको सिफारिशमा परेकाले मात्रै स्वेच्छिक मृत्युवरण गर्न सक्नेछन् ।
यस्तो व्यवस्था अमेरिकाका केही राज्यमा लागु भइसकेको छ । युरोपका स्वीट्जरल्याण्डबाहेक नेदरल्यान्ड्स, जर्मनी, स्पेनले पनि स्वेच्छिक मृत्युवरणलाई मान्यता दिएका छन् । क्यानाडाले पनि यस्तो व्यवस्था गरेको छ ।
टिप्पणीहरू