उद्घाटन समारोह नसकिँदै महाधिवेशन मञ्च रित्तो
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह लम्बिएको छ । दुई घण्टामा सक्ने भनिएको उद्घाटन समारोह निकै लामो हुँदा महाधिवेशनमा शुभकामना दिन आएका स्वदेशी तथा विदेशी पाहुनाहरु आ–आफ्ना मन्तव्य राखेर फर्किएका छन् ।
अथितिहरु निस्केपछि उद्घाटन सत्र बन्दसत्र जस्तो देखिएको छ । अहिले मञ्चमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवासहित काँग्रेस नेताहरु मात्र देखिन्छन् ।
उद्घाटन समारोहमा शुभकामना दिन आएका भारतीय जनता पार्टी र काँग्रेस आइका नेताहरु आफ्नो सम्बोधन सकेलगत्तै निस्किएका थिए । त्यस्तै, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, केपी शर्मा ओलीलगायत विभिन्न पार्टीका शीर्ष नेताहरु पनि आफ्नो मन्तव्य राखेर भृकुटीमण्डपबाट निस्किएका छन् ।
उद्घाटन समारोहमा काँग्रेसकै नेताहरुलाई लम्बेतान भाषण गर्न दिएका कारण देउवाको मन्तव्यपछि धकेलिएको छ । जसका कारण प्रधानमन्त्रीसमेत रहनुभएका समारोहका सभापतिको मन्तव्य नसुनिकनै नेताहरु निस्किएका हुन् ।
टिप्पणीहरू