कालिज मार्ने शिकारी भरुवा बन्दुकसहित पक्राउ

कालिज मार्ने शिकारी भरुवा बन्दुकसहित पक्राउ

पर्वतको कुश्मा नगरपालिका १२ स्थित एकोरे सामुदायिक जंगलमा एक नाले बन्दुकसहित आज एक जना पक्राउ परेका छन् । जंगलमा भरुवा बन्दुक प्रयोग गरी अवैध शिकार गरेको खबर पाएपछि प्रहरी जंगलमा पुगेको थियो ।

प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पिपलटारीबाट ठूलीपोखरी जाने ग्रामीण कच्ची सडक खण्डमा एकनाले भरुवा बन्दुक र कालिज झुण्डाई हिँडिरहेको अवस्थामा शिकारी पक्राउ परेका हुन् ।

पक्राउ पर्ने कुश्मा नगरपालिका १२ बस्ने २९ वर्षका हरीबहादुर कुँवर रहेको प्रहरीले बताएको छ । उनीविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा आजै जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतले तीन दिनको म्याद थपेपछि उनीमाथि अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

बरामद भएको मरेको कालिजलाई डिभिजन वन कार्यालय, कुश्मामा बुझाइएको छ ।

टिप्पणीहरू