भारतमा सबैको घर अभियान धकेलियो
भारतमा सबैलाई आवास भन्दै अघि सारिएको प्रधानमन्त्री आवास योजना ग्रामीणको म्याद अर्को दुई वर्ष धकेलिएको छ । आगामी साउनसम्म घरबारविहीन सबैलाई आवास उपलब्ध गराइने सरकारी योजना र प्रतिबद्धता पूरा नहुने देखिएपछि केन्द्र सरकारले समय सारेको हो ।
हालैको क्याबिनेट बैठकले उक्त निर्णय गरेको जनाइएको छ । नयाँ मितिअनुसार सन् २०२४ को मार्चसम्ममा योजनाअनुसारका घर उपलब्ध गराइने छ ।
“आगामी साउनसम्म २ करोड २ लाख वटा घर मात्र बनाएर हस्तान्तरण गर्न सकिने देखिएको छ । बाँकी ९३ लाख घर बनाउन अर्को डेढ वर्ष लाग्ने भएकाले तोकिएको समयलाई केही पछाडि धकेलिएको सरकारी अधिकारीहरुले दाबी गरेका छन् ।”
मंसिर १५ गतेसम्म २ करोड ९५ लाख घर बनाउने योजना थियो । तर मुुश्किलले १ करोड ६५ लाख वटा मात्र बनाइएको छ । यसअनुसार आगामी साउनसम्म २ करोड २ लाख वटा घर मात्र बनाएर हस्तान्तरण गर्न सकिने देखिएको छ । बाँकी ९३ लाख घर बनाउन अर्को डेढ वर्ष लाग्ने भएकाले तोकिएको समयलाई केही पछाडि धकेलिएको सरकारी अधिकारीहरुले दाबी गरेका छन् ।
टिप्पणीहरू