नेताहरुको तँछाडमछाड उम्मेदवारी, छिर्ने र निस्कने सरोबरी

नेताहरुको तँछाडमछाड उम्मेदवारी, छिर्ने र निस्कने सरोबरी

नेपाली काँग्रेसको हिजोदेखि शुरु १४ औं महाधिवेशनमा सहभागी हुने र निस्कनेको संख्या उस्तै देखिएको छ । ४ हजार ७ सय बढी प्रतिनिधि सहभागी महाधिवेशनको रमाइलो हेर्ने र फर्कनेको संख्याले त्यस्तो देखिएको हो ।

हिजो भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रमा सहभागी हुन विभिन्न जिल्लाबाट कार्यकर्ता तथा समर्थकहरु आएका थिए । आज हिजोका सहभागीले राजधानी छाडे पनि अरु त्यसैगरी थपिएका छन् ।

ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार हिजोको अधिवेशनमा सहभागी हुन बिहानैदेखि जिल्लाबाट कार्यकर्ता ओइरिएका हुन् । थानकोट नाकाबाट मात्रै हिजो बिहानदेखि दिउँसोसम्म साना गाडी रिजर्भ गरेर ८७ वटा सवारी साधन भित्रिएका थिए । ट्राफिक प्रहरीको रेकर्डमा त्यसरी आएका कार्यकर्ताको संख्या ५ सय ३३ थियो ।

आज उम्मेदवारको मनोनयन भएको छ । भोलि मध्यान्ह अन्तिम सूची प्रकाशित हुनेछ । पर्सि मतदान र त्यसपछि मतगणना हुने बताइएको छ । ती सबै कार्य नसकिँदै महाधिवेशनको रमाइलोलाई बीचैमा छाडेर कार्यकर्ता घर फर्कन थालेका छन् । हिजो साँझदेखि आज साँझसम्म थानकोट नाका भएर ठूला साना ६० वटा गाडीमा काँग्रेस कार्यकर्ता फर्किएको बताइएको छ ।

त्यसरी फर्किएकाहरुमा ४१ वटा बसबाट ९ सय २१ जना छन् । त्यसैगरी १९ वटा ठूलो माइक्रोबसबाट २ सय ६४ जना गरी कूल ११ सय ८५ जना काँग्रेस कार्यकर्ताले राजधानी छाडेका छन् ।

टिप्पणीहरू