ताइवानसँग निकारागुवाको सम्बन्ध टुट्यो

ताइवानसँग निकै लामो समयदेखि कूटनीतिक सम्बन्ध राख्दै आएको दक्षिण अमेरिकी राष्ट्र निकारागुवाले सम्बन्ध विच्छेद गरेको छ । ताइवानसँगको सम्बन्धलाई उसले दुई चीन नीतिको संज्ञा दिँदै जनगणतन्त्र चीनसँग मात्र सम्बन्ध राख्ने घोषणा गरेको हो ।

त्यहाँको विदेश मन्त्रालयले भनेको छ, ‘निकारागुवालाई बल्ल थाहा भयो कि विश्वमा एउटा मात्र चीन रहेछ । त्यो भनेको जनगणतन्त्र चीन हो ।’ यता चीनले पनि निकारागुवाको उक्त निर्णयको स्वागत गर्दै उपयुक्त समयको उपयुक्त निर्णय भनेको छ । चीनले निकारागुवाको पछिल्लो निर्णय विश्वले लिएको नीतिअनुरुप भएको प्रतिक्रिया दिएको छ ।

निकारागुवाले गरेको ताइवानसँगको सम्बन्ध टुटाउने निर्णयले दक्षिण अमेरिकी मुलुकहरुमा तहल्का मच्चाएको छ । ताइवानको हालसम्म विश्वका १४ वटा मुलुकसँग मात्र कूटनीतिक सम्बन्ध छ । तीमध्ये नौ वटा मुलुक अमेरिकी र प्रशान्त महासागरीय क्षेत्रमा अवस्थित छन् ।

टिप्पणीहरू