भृकुटीमण्डपमा चुनाव, फिल्म हलमा भेटघाट
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अस्तिदेखि शुरु भएको छ । हिजो उम्मेदवारले मनोनयन गरेका छन् भने आज दिउँसोदेखि औपचारिक प्रचारप्रसार र जोडघटाउको खेल हुँदैछ ।
भोलि बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिले जानकारी गराएको छ । तर, काँग्रेसको मतदान बिहान ८ बजे शुरु भएर कति बजेसम्म हुने भन्ने समय सूचनामा तोकिएको छैन ।
यहि मेसोमा आज बिहान प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुुर देउवाले आदिवासी जनजाति प्रतिनिधिहरुलाई भेटेर बधाई तथा शुभकामना दिनुभएको छ । भोलि हुने मतदानअघिको यस्तो भेटलाई अर्थपूर्ण मानिन्छ ।
काँग्रेसको आदिवासी जनजाति केन्द्रीय विभागले प्रधानमन्त्री देउवाको प्रमुख आतिथ्यमा लैनचौर बैंक्वेटमा कार्यक्रम राखेको हो ।
यता नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले पनि महाधिवेशनमा सहभागी तरुण युवाहरुसँग भेटघाट कार्यक्रम राखेको छ । भेटघाट बिहान ९ बजेबाट शुरु भएको हो । उक्त भेटघाट भने जय नेपाल सिनेमा घर,हात्तीसारमा भइरहेको छ ।

टिप्पणीहरू