आकाशमा उड्ने पाइलट र एअरहोस्टेसको न्यूरोडमा झगडा
प्रायः आकाशमा उड्ने पाइलट र विमान परिचारिका (एअरहोस्टेस) ले ठूलो स्वरले बोल्ने,झर्किने वा झगडा गर्लान् जस्तो लाग्दैन । सँधै हँसिलो अनुहार र विनम्र व्यवहार देखाउने उनीहरुले आज दिउँसो नेपाल वायुसेवा निगमको मुख्यालयमा पुगेर मज्जैसङ्ग गलफत्ती गरेका छन् ।
न्यूरोड गेटसङ्गै निगमको मुख्यालयमा झण्डै एक सय पाइलट र विमान परिचारिकाहरु रिसाएको अनुहार लिएर पुगेका हुन् । उनीहरुले ‘यस्तो गर्न पाईंदैन’ भन्दै निगमका हाकिमहरुको कार्यकक्षमा आपत्ति जनाएका थिए ।
विदेश उडानमा कोटा सिस्टम लागू गर्न भएन भन्दै उनीहरु कार्यकारी अध्यक्षलगायतका पदाधिकारीको कार्यकक्षमा पुगेका हुन् । निगमले निश्चित उडान घण्टा तोकेपछि चालक र परिचारिकाहरु फायर भएको बिमानस्थल स्रोतले बताएको छ ।
विदेश उडानमा जाँदा डलरमा हिसाब गरेर राम्रो आम्दानी हुने गर्दछ । त्यहि उडान संख्या कटौतीमा परेपछि उनीहरुले चित्त दुखाएका हुन् ।
अहिले निगममा एअरहोस्टेस १ सय ७० जना र पाइलट १ सय जनाभन्दा बढी छन् ।
टिप्पणीहरू