“र” प्रमुखपछि गभर्नरको पनि म्याद थप

“र” प्रमुखपछि गभर्नरको पनि म्याद थप

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय केन्द्रीय बैंकका गभर्नरलाई अर्को कार्यकालको निम्ति म्याद थपिदिएका छन् । शक्तिकान्त दास भारतीय रिजर्भ बैंकका गभर्नरमध्ये दोस्रो कार्यकाल थपिने पहिलो हुन् ।

उनलाई तीन वर्षको म्याद थपिएको छ । अस्ति शुक्रबारदेखि लागु हुनेगरी म्याद थपिएको हो ।

यसअघि मोदी सरकारले आफ्नो पहिलो कार्यकालमा उनलाई नियुक्त गरेको हो । यिनै शक्तिकान्तले प्रधानमन्त्री मोदीको योजनाबमोजिम पछिल्लो चुनावअघि भारतीय पाँच सय र एक हजार दरका पुराना नोटलाई प्रचलनबाट हटाउन र दुई हजार दरको नयाँ नोट प्रचलनमा ल्याउन सघाएका थिए ।

मोदीले आफू अनुकूल निर्णयमा सहयोग पुर्याउन भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त गोयलको समेत यसैगरी म्याद थपिदिएका थिए ।

टिप्पणीहरू