काँग्रेसको मतदान तीनतिर,पर्चा फालाफाल

काँग्रेसको मतदान तीनतिर,पर्चा फालाफाल

नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनअन्तर्गत अहिले मतदान शुरु भएको छ । ४७ सय बढी मतदाता रहेको महाधिवेशनमा तीन ठाउँ मतदान केन्द्र तोकिएको छ ।

छुट्टाछुट्टै प्रदेशको निम्ति मतदानस्थल छुट्टाइएको निर्वाचन समितिले जानकारी दिएको छ । जसअनुसार राष्ट्रिय सभागृहमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्दैछन् ।

महाधिवशेनस्थल भृकुटीमण्डपको ग्राउण्डमा गण्डकी प्रदेश,१ नम्बर प्रदेश,बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिलाई मतदानको व्यवस्था मिलाइएको छ । भृकुटीमण्डपकै रातो हल भने २ नम्बर प्रदेशलाई छुट्टाइएको हो ।

आज ४ हजार ७ सय ४३ जना काँग्रेस प्रतिनिधिले मतदान गर्नेछन् । बिहानैदेखि सभागृह बहिर र भृकुटीमण्डपमा मतदाताको लाइन लागेको छ । सभागृहको लाइनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधि उभिनुभएको छ ।

टिप्पणीहरू