प्रधानमन्त्री पत्नीको तस्बिरमा कार्यकर्ताको मनपरि

प्रधानमन्त्री पत्नीको तस्बिरमा कार्यकर्ताको मनपरि

नेपाली काँग्रेसको भृकुटीमण्डपमा जारी १४ औं महाधिवेशनमा थरिथरी दृश्य देखिएका छन् । उम्मेदवारका पोस्टर,ब्यानर र भिजिटिङ कार्डको दुर्दशाले कसैको पनि मन छोएको पाइन्न ।

लुटको धन फुपुको श्राध्द भनेझैँ महँगोमा छापिएका त्यस्ता सामाग्रीलाई लत्याउने र कुल्चिने गरिएको छ । नेताहरुको टाउकोमा कार्यकर्ताको पाउ परेको स्पष्टसँग देखिएको छ । नेता प्रकाशमान सिंह, रमेश लेखक,आरजु देउवा र मदनबहादुर अमात्यको फोटोमा कुल्चिएका फोटाले पनि काँग्रेसीजनको मनस्थितिलाई खल्ब्ल्याएको हो ।

प्रजातान्त्रिक प्रक्रियाको नाममा भएका यस्ता अशोभनीय कार्यले काँग्रेसको चरित्रलाई समेट्ने समाजशास्त्रीहरुको भनाइ छ । एकातिर महँगोमा छापिँदा भएको खर्च,अर्कोतिर ती सामाग्रीको दुर्दशाले काँग्रेस महाधिवेशनमा हुनुपर्ने सैध्दान्तिक बहसलाई नै ओझेलमा पारेको उनीहरुको ठहर छ ।

टिप्पणीहरू