नेपालमा भएभरका भीआइपीको तस्विर राख्दै कमाउने पत्रकार कार्की पक्राउ

नेपालमा भएभरका भीआइपीको तस्विर राख्दै कमाउने पत्रकार कार्की पक्राउ

सेलिब्रिटी पत्रकारका नाममा लामो समयदेखि विभिन्न सहकारीबाट पैसा बटुल्दै आएकी एन्जिना कार्की पक्राउ परेकी छन् । उनलाई बसन्तपुरबाट मंसिर २२ गते नगद एक लाखसहित महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको हो । उनले सहकारीसङ्ग लामो समयदेखि ठूलो रकम माग्दै आएकी थिइन् ।

कार्कीले सहकारीसँग ८ लाख बैंक मार्फत लिएकी थिइन् भने विभिन्न समयमा गरेर ७ लाख लिइसकेकी थिइन् । अति नै भएपछि सहकारीले प्रहरीलाई खवर गरी एन्जिनालाई स–प्रमाण पक्राउ गरेको हो । कार्कीमाथि सहकारीलगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको आरोप छ । पैसा मोलमोलाइ र गिरफ्तारीका भिडियो प्रहरीले सार्वजनिक गर्दैछ ।एन्जिना लामो समयदेखि पत्रकारितामा थिइन् । उनले तीन वर्ष तराई टेलिभिजनमा काम गरिन् । त्यसपछि हिमाल टेलिभिजन हुँदै भारतको जी टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत थिइन् । भारतिय टेलिभिजन जि–टिभीमा जोडिएपछि उनले केही अनलाइन न्यूज पोर्टलसँग मिलेर सहकारीहरुबाट पैसा असुल्ने काम शुरु गरेकी हुन् ।अहिले एन्जिना कुनै पनि सन्चार माध्यममा आवध्द छैनन् तर पत्रकारिता पेशाको नाममा उनले कमाउँदै आइरहेकी थिइन् । उनलाई ठगी कार्यमा फेसबुकमा रहेका नेपालका सन्चारकर्मी,व्यवसायी र राजनीतिक पार्टीका व्यक्तिहरुसँग खिचाएको तस्विरले सहयोग गरेको थियो । यसकार्यमा उनी एक्लै छैनन् । सात जनाको समूह रहेको छ ।अहिले एन्जिना कार्कीलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको छ । उनले विभिन्न काम बनाइदिन्छु भन्दै रकम असुल्ने गरेको स्रोहखुट्टे प्रहरीले जनाएको छ । कार्कीलाई हिरासतमा राखिएपछि अनुसन्धान जारी छ ।

 

टिप्पणीहरू