पुस ५ देखि पूर्वावश्यकको परीक्षा

पुस ५ देखि पूर्वावश्यकको परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले पूर्वावश्यक पाठ्यक्रम परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डले आज एक सूचना निकालेर परीक्षाको समयतालिका सार्वजनिक गरेको हो ।

पूर्वावश्यकको परीक्षा आगामी पुस पाँच गतेदेखि १० गतेसम्म चल्ने छ । बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा हुने बोर्डले जनाएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् तथा सोद्धारा मान्यता प्राप्त संस्थाबाट स्वास्थ्य विज्ञान विषयमा तीन वर्षे प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका परीक्षार्थीहरुका लागि पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षार्थीको लागि कागेश्वरीस्थित गान्धी आदर्श माविमा परीक्षा केन्द्र तोकिएको छ ।

टिप्पणीहरू